बैशाख ०९ (निजगढ)
नेकपा एमाले निजगढ नगरपालिका वडा नं. ८ वडा कमिटीले पार्टीको स्थापना दिवसको पूर्वसन्ध्यमा आज (शुक्रवार) आफ्नो सम्पर्क कार्यालय उद्धघाटन गरेको छ । शहिद चोकबाट वागदेव जाने बाटोको १०० मिटर भित्र वडा नंं ८ स्थित ,निजगढ नगर कमिटीका उपाध्यक्ष भोला प्रसाद गौतमको घरमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य सुदर्शन प्रसाद कोइरालाले रिवन काटेर उद्धघाटन गर्नुभएको हो । उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका कोइरालाले सम्पर्क कार्यालयको माध्यमबाट पार्टीको गतिविधिलाई बढाउन सहज हुने बताउनुभयो ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई बहुमतका साथ बिजयी गराउन सबैको भुमिका महत्वपूर्ण हुने समेत बताउनुभयो । कार्यक्रममा जिल्ला कमिटी सदस्य राज कुमार पोखरेल, निजगढ नगर कमिटीका उपाध्यक्ष भोला प्रसाद गौतम, सदस्य चम्पा परियार, नगर सचिवालय सदस्य सुदिप तिमल्सिना, राष्ट्रिय युवा संघका सदस्य इराज कोइराला, पूर्व नगर कमिटी सचिव विदुरलाल श्रेष्ठ ,नगर कमिटी सल्लाहकार सदस्यहरु बासुदेव दाहाल, फाउँ प्रसाद चौलागाई, वडा कमिटी अध्यक्ष हरिमैया पोखरेल लगायतको उपस्थिती रहेको थियो ।
वडा कमिटी अध्यक्ष मुक्तिनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगर कमिटी सल्लाहाकार सदस्य फाउँ प्रसाद चौलागाई तथा स्वागत मन्तब्य वडा कमिटीका अध्यक्ष मुक्तिनाथ अधिकारीको रहेको थियो ।