नेकपा एमाले निजगढ, मेयरमा ६ र उपमेयरमा १० जना आकांक्षी

                     
  नेपाल लेख   २०७९ बैशाख ८, बिहीबार १५:३७

बैशाख ८, (निजगढ)
बैशाख ३० गते स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निजगढ नगरपालिकको मेयरका लागी ६ जना र उपमेयरका लागी १० जनाले उम्मेदारी दावेदारी प्रस्तुत गरेका छन ।
नेकपा एमाले निजगढ नगर कमिटीले उम्मेदवारको टुङ्गो लगाउन भनेर आयोजना गरेको बैठकमा दर्जनौभन्दा बढीले मेयर, उपमेय पदमा आकांक्षा देखाएका हुन ।
बैठकमा एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, सुरथ पुरी, यमबहादुर खडका, दिलबहादुर लामा र लिलादेबी लामिछानेले मेयर पदमा आकांक्षी रहेको छन् ।

त्यसैगरी उपप्रमुख पदमा दुर्गा कोइराला, अन्जु नेपाली, मिरा पोखरेल, शोभा राउत, शर्मिला केसी, सरिता सापकोटा, सरिता राई, सोममाया थिङ्ग, तिलक घलान र गणेश लामाले उम्मेदारीको दावेदारी प्रस्तुत गरेका छन ।
यसअघि मेयर पदको लागि आकांक्षी रहेका सुदर्शन कोइराला र रामकृष्ण घिमिरेले भने आफ्नो उम्मेदारी दाबेदारी फिर्ता लिएको घोषणा गरेका थिए ।
त्यसैगरी उपप्रमुखको उम्मेदारी दावेदारी गर्दै आएकी सोभिया दनुवारले पनि आफनो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?