बैशाख ०२ (बारा)
आगामी ३० गते हुने स्थानिय तह निर्वाचनका लागि उमेदवारको मनोनय दर्ता गर्ने दिन नजिकिएसँगै दलहरुलाई उमेदवार टुङ्गो लगाउन हम्मे परेको छ । आकंक्षीको संख्या धेरै हुँदा मुख्य राजनैतिक दलहरुमै यस्तो समस्या देखिएको हो ।
जिल्लाको जितपुरसिरा उपमहानगरपालिकामा दलहरुको सर्गर्मी बढेको पाईएको छ । केही दिन अघिमात्रै नगर अधिवेशन सम्पन्न गरेको नेकपा एमाले , काँग्रेस र माओवादीले आ–आफ्नै तयारी थालेका छन् । चर्को घाम र बढ्दो गर्मीको प्रवाह नगरि अगुवा नेताहरु आफ्ना पक्षमा दावेवादी प्रस्तुत गर्न जिल्ला, प्रदेश र केन्द्र तहका नेताका घरदैलोमा दौडधुप गरिरहेका छन् ।
५ दलिय गठबन्धनले जितपुरसिमरा उपमहानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई दिने मनसाय बनाएको देखिएपछि काँग्रेसले सोको विरोध गरेको छ । काँग्रेस एक्लै चुनाव लड्न र जीत्न सक्ने अवस्थामा रहेको भन्दै काँग्रेस नेताहरुले औपचारिक रुपमै गठबन्धन स्विकार नगर्ने बताएका छन् । बुधबार काँग्रेस नगरकमिटी र ४ ख प्रदेश क्षेत्र कमितिको संयूक्त बैठकले गठबन्धन नमान्ने निर्णय नै गरेको नगर अध्यक्ष छविलाल शर्माले बताए । माओवादीलाई प्रमुख पद दिएर सहमती गर्न नसकिने उनले धारण राखे ।
काँग्रेस भित्र नगरसभापति छविलाल शर्मा, संविधानसभा सदस्य शोभाकर पराजुली, पूर्व नगरसभापति श्यामबाबु गुप्ता, प्रदेश ४ख सभापति सुमन भट्टराई, नेताहरु कृष्णवर्त सिंह, नारायणी रायमाझी (निरु), ओमकृष्ण कार्की, कपिलदेव यादवले मेयरमा आकंक्षा देखाएका छन् । टिकट पाउँदा पूर्व सभापति श्यामबाबु गुप्ताले चुनाव जित्ने आँकलन भैरहेको छ । यूवाहरुका विच लोकप्रिय र सामाजिक छवी बनाएका गुप्ताले आफुले टिकट पाए सहजै चुनाव जित्ने अवस्था बन्ने गुप्ताले बताए । नगरसभापति शमाले भने सबै आकंक्षी उत्तीनै प्रभावकारी र सामाजिक सवी भएका ब्यक्तिहरु भएकाले जस्ले टिकट पाएपनि यसपटक काँग्रेसले जित्ने दावी गरे ।
यस्तै नेकपा एमालेमा उपमहानगरको प्रमुखमा दावी गर्दै आकंक्षा राख्नेहरुको संख्या समेत उस्तै छ । गाविस अध्यक्ष हुँदा तत्कालिन डुमरवानालाई जिल्लाकै उत्कृष्ठ गाविस बनाउन सफल भएका नारायण क्षेत्री, हाल पालिका उपप्रमुख रहेकी सरस्वती चौधरी, पूर्व एमाले जिल्ला अध्यक्ष देवनाराण चौधरीको नाम विशेष चर्चामा छ । त्यस्तै यूवा नेता मनोज पौडेल, एमाले वृद्धिजीववि संगठनका अध्यक्ष राधेश्याम शिवाकोटी, सचिव अनिल मैनाली, सिमरा खानेपानीका अध्यक्ष काँसिम मिया र एमाले नगर अध्यक्ष भोला अधिकारीले समेत नगरप्रमुखको टिकटका लागि आकंक्षा देखाएका छन् । यो पालिकामा गठबन्धनलाई चिर्दै एमालेको पक्षमा जीत निकाल्न सकिने अवस्था छ । त्यसका लागि आफुसँग योजना भिजन र जित्न सक्ने क्षमता भएको दावी क्षेत्रीले गर्दै आएका छन् ।
माओवादीमा सनि उस्तै अवस्था छ आधादर्ज नेताहरुले आकंक्षा देखाउनु भएको एक नेताले बताएका छन् । संविधानसभा सदस्य जयराम दाहाल, जिल्ला संयोजक अनिल श्रेष्ठ, मधेश प्रदेश कमिति सदस्य राजन पौडेल , किसान संगठनका जिल्ला अध्यक्ष प्रेम बराल, महिला नेतृहरु गीता कँडेल, शिला खनाल लगायतको नाम चर्चामा छ ।
अघिल्लो स्थानिय निर्वाचनमा मेयर पदमा पराजय भएका पौडेललाई नै यसपटक पनि मेयरको उमेदवार बनाउने सम्भावना रहेको नेताले बताए । गठबन्धनको अगुवाई गर्न सक्ने क्षमता उनमा छ । चतुर र सामाजिक नेताका रुपमा परिचत पौडेलले टिकट पाए जित्न सक्ने ती नेताले दावी गरे ।