आफु नै वालिका छु कसरि सम्हाल्ने जन्मिएको वच्चा ।

                     
  नेपाल लेख   २०७८ श्रावण १४, बिहीबार १४:१८

१२ बर्षीय बालिकाको चित्कार बच्चा त जन्मियो अब कहाँ जाउं ।
अधिकारकर्मी खरेल भन्छिन् पीडकको सर्वस्व सहितको सम्पत्ती पीडितको नाममा हुनुपर्छ ।
“आमा म पनि संस्थामा जान्छु”

सरिता पौडेल
साउन १४, चितवन ।
कालो रंगको फरक लगाएकी गहुँगोरी सानी नानी हस्याङ फस्याङ गर्दै घरभित्र छिर्छिन् । सबैजनालाई नमस्कार गर्छिन् अनि विस्तारामा सुतिरहेकी दिदीतिर जान्छिन् । दीदीलाई आफ्ना कलिला हातले मुर्साछिन् । दीदी ५ दिनकी सुत्केरी छिन्। उनको घरमा केही दिनदेखि दिदीको स्वास्थ्य र सुरक्षाका लागि पुर्नस्थापना गृहमा लैजाने सल्लाह भइरहेको रहेछ । म उनको गतिविधि नियालिरहेकी थिए । मेरो छेउमा आएर बालिकाले सानो स्वरमा भनिन् । मलाई आमा भनेर सम्बोधन गरिन् । मिठो स्वर हसिली ति अवोध बालिकाले धेरै कुरा भन्न खोजेजस्तो लाग्यो । मैले उनलाई बोल्न सहज होस् भनेर आफु नजिकै बोलाए अनि तिमी कहाँ गएर आएकी हौ भनेर सोधे उनले खेल्न गएकी थिए भनिन् ।
बालीका ः आमा हजुर वकिल हो?
मः होइन नानु म पत्रकार हो।
बालिकाः आमा म पनि संस्थामा जान्छु नि ।
मः किन जाने नानु ?
बालिका ःपढ्न ।
मः यहाँ पढ्न पाएकी छैनौ?
बालिका ः छु ।
मः अनि किन जाने त नानु ?
बालिका ः दिदीसंगै बस्न ।
म अक्क न बक्क भए । उनका आँखाभरी आँसु थियो । दिदीको सुतेको खाटबाट उठेर आइन् र काखमा लुटुपुटीदै भनिन् , आमा म यहाँ बसे भने त्यो बात्तुलले मलाई पनि दिदीलाई जस्तै गर्छ । मलाई पनि हजुर संगै लैजानुस् है । म यहाँ सुरक्षित छैन । मैले उनलाई डरलाई कम गर्न कोशिस गरे । उनले भन्दै गइन् ठुलो परिपक्क मानिसले भनेजस्तै गरी आफ्नो पीडा सुनाउन लागिन् । म ९ बर्षकी भए । ४ कक्षामा पढ्छु । आमा , दिदीलाई लाने बेला मलाई जसरी पनि लानुस् है । केही दिन अघि म साथीको घरमा खेल्न गएको बेलामा बात्तुलले तेरो दिदी आजकल कहाँ छ देखिदैंन त भनेर सोधेको थियो । मैले मलाई के थाहा भनेर भागे । मलाई आजकल त्यो जस्तै अरु दाई, अंकल ठुलो बाबा देख्दा पनि निकै डर लाग्छ । यी बालिका नवलपुर जिल्लाका हुन् । उनकी १२ बर्षीय दिदीलाई बात्तुल भनिने ५५ बर्षको छिमेकीले जवरजस्तीकरण गरेको रहेछ । दिदी गर्भवती भइन् , बच्चालाई जन्म पनि दिइन् तर सामाजिक र पारिवारिक कठिनाई संगै आर्थिक विपन्न, र मानसिक रुपमा विछिप्त छिन् । ५ दिनकी सुत्केरी दिदीको आडैमा बसेकी बहिनीले यसो भनिरहदाँ दिदीका गहभरी आँसु थिए । केही बोल्न खोजेजस्तो गरेपनि उनी बोल्न सकिरहेकी थिइनन् । “दिदिलाई लानुहुन्छ,आमा बुवा फेरी काममा जानुहुन्छ अनि म अपराधीको शिकार बन्छु । म पनि दिदीसंगै जाने हो ।”
घटनामा परेकी १२ बर्षकी नानीलाई आर्दश नारी विकास केन्द्र र आर्दश गृह नेपालले उद्धार गरि पारिवारिक रुपमा संरक्षण प्रदान गरिरहेको छ । दीदी त संस्थामा गएपछि सुरक्षित हुने भइन् बहिनी भने आफु घटनामा पर्ने डरले अतालिइरहेकी छन् ।
१२ बर्षीय नानी यसरी बलत्कारको शिकार बनिन्?
यहि साउनको १ गते म १३ बर्ष लागे । म १२ बर्षकी थिए । कक्षा ५मा पढ्थे । हामी साथीहरु कहिले मेरो कहिले साथीको घरमा पालैपालो बसेर होमवर्क गथ्यौ ,अनि खेल्थ्यौ । त्यो दिन पनि साथीको घरमा होमवर्क गर्न भनेर गएकी थिए । म साथीको घरमा पुग्दा उनीहरु घरमा थिएनन् । मैले कता गएछन् साथीहरु भनेर यताउती हेर्दै थिए त्यत्तिकैमा भित्रबाट साथीका बुवा आए अनि मलाई भित्रै बोलाए । मलाई डर लाग्यो ।भित्र लगेपछि उसले पहिले मेरो संवेदनशील अंगमा समात्यो अनि मलाई बलत्कार गर्यो । म केही बोल्न सकिन । रोएर चिच्याउन खोजेकी थिए त्यो पापीले मेरो मुख थुनिदियो आवाज निकाल्न पनि दिएन । मेरो रोदन सुन्ने त्यहाँ कोही थिएन । पापीले पटक पटक बलत्कार गर्यो मेरो मुखमा शरिरमा टोक्यो अनि मेरा संवेदनशील अंगमा समाउने चिमोट्ने गर्यो । त्यतिबेला म निकै डराएकी थिए । उसले मलाई यसबारे कसैलाई केही भने मेरो बाबुआमा सबै मारिदिने भन्दै धम्कायो । म रुदैं घर आए । आमा बुवा दुवै लेवर काममा जानुभएको थियो अवेला घर आउनुभयो । सबै परिवार नै मारिदिन्छ भन्ने डरले यसबारे कसैलाई केही भन्न सकिन । एक्लै मुख छोपेर रोएर सुते । त्यसपछि पनि बेला बेला हाम्रो घरमा आउने के गरेकी छस् भन्दै सोध्ने आँखा तर्ने गथ्र्यो । कोही नभएको मौका परे मेरो शरिर समाउने गर्थ्र्यो । म विवश थिए । ६ महिना सम्म कसैलाई केही भनिन ।
पापीले हाम्रो गरिबीको फाइदा उठाएर चुप रहन बाध्य बनायो । म विवश थिए । बलत्कारपछि म गर्वभति भएछु । मलाई आफु गर्भवती भएको थाहै थिएन । पेट बढ्दै गएपछि मेरी आमाले पिसाव जमेर पो हो कि भनेर जचाउन लानुभयो । पिसाव जाँच गर्दा मेरो पेटमा बच्चा भएको थाहा भयो । भिडियो एक्से गरियो अनि मेरो पेटमा साढे ६ महिनाको बच्चा भएको भनियो । त्यसपछि बल्ल मैले मेरी आमालाई आफुमाथि भएको घटनाबारे बेलिविस्तार बताए ।
त्यसपछि त्यो अपराधीलाई प्रहरीले समातेर लग्यो । मलाई भने घरमा सुरक्षा हुदैंन भनेर मलाई एउटा संस्थामा लिएर गए । त्यहाँ मैले झन् पीडा भोग्नुपर्यो । विहान ४ बजे उठेर घरसफा गर्ने, भात पकाउने, भाँडा धुने,सबै काम गर्न लगाउंथे । म सहित संस्थामा बस्ने अर्को एक जना साथीले सबै काम गथ्र्यौ मलाई बेला बेलामा एकदम गाह्रो हुन्थ्यो । संस्था संचालककी छोरीले मलाई असाध्यै दुव्यवहार गर्थि । ३ महिना त्यहाँ बसे । त्यसपछि मेरो महिना पुगेछ । घरबाट आमा जानुभयो र मलाई लिएर आउनुभयो । मैलै भरतपुर अस्पतालमा बच्चालाई जन्म दिए । बच्चा त जन्मियो अब म कहाँ जाउं । समाजमा जाउं सामाजिक लान्छना , घरमा बसु फेरी शिकार बन्ने चिन्ता । गाउंले व्याउती खान जाने हो भन्दै हेप्छन् । मेरो घटनालाई नजिकबाट हेरेकी ९ बर्षिय बहिनी अहिले पनि असुरक्षित महसुस गरिरहेकी छ ।
उक्त घटनाबारे थाहा पाएपछि गर्भवती बालिकालाई प्रहरी संगको समन्वयमा महिला अधिकारकर्मी मीना खरेल, अधिबक्ता फुलमाया रानाभाट अनि भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल उद्धार गर्नुभयो र पारिवारिक संरक्षणमा राख्नुभयो । केही दिन अघि बालिकाले बच्चालाई जन्म दिइन् ।

बालिकाकी आमा भन्दै थिइन् । म अहिले ३१ बर्षकी भए । मेरो पेशा भन्नु नै दैनिक ज्याला मजदुरी हो । म लेवर काममा जान्छु । घर कति बेला आउने भन्ने टुगो हुदैंन । श्रीमानले मिलमा काम गर्नुहुन्छ । हामी दुवै जना घर आउंदा ८ ,९ बज्छ । घरमा ४ जना साना छोराछोरी मात्र छन् । हामी बुढाबुढी भने दैनिक विहान काममा जाने राती फर्किने गर्छौ । आम्दानीको अन्य बाटो केही छैन । हाम्रो गरिवी र विपन्नताको फाइदा उठाएर हामीमाथि अपराध गरियो । मेरो श्रीमानले छोरीको यस्तो घटना भएपछि पीडा भुलाउन भन्दै दिनकै रक्सी खानुहुन्छ । म आफु टुहुरी हुँ । मेरो बाबा बेपत्ता हुनुभएको हो , आमा छोडेर जानुभयो । सानीमाले मलाई हुर्काउनुभएको हो । मैले पढ्न पाइन । प्लाटिक कम्पनीमा काम गर्थे त्यहि यसको बाबासंग भेट भयो अनि १५ बर्षको उमेरमै भागेर विहे गरियो । ४ जना छोराछोरी छन् । सम्पत्तीको नाममा ६ धुर जग्गा छ त्यहि पनि आफ्नो नाममा छैन ससुराको नाममा हो । ससुरा वितेर जानुभयो । आफ्नो नाममा बनाउन पाएको छैन । अब दुखजिलो गरेर सानो घर बनाउने भनेको छोरीलाई यस्तो भयो । अहिले बसेको यस घरमा न झयाल छ न त ढोका नै । केही खानेकुरा अन्नपानी सुरक्षित राख्ने ठाउं समेत छैन । आर्थिक अवस्था कमजोर छ । दिनभरी ज्यालामजदुरी गरेर परिवार पालेकी छु । जेठो छोरोलाई पढाउन सकिन । १४ बर्षको जेठो छोरा लेवर काममा जान्छ । ठुली छोरी अस्ती साउन १ गतेबाट १३ कि लागी घटनामा परेर बच्चा पाएर यस्तो अवस्थामा छ । खानेकुरा लगाउने कपडा समेत केही छैन ।
गहभरी आँसु बनाउंदै उनले थपिन् छोरीले पनि केही भनिन पहिले त थाहा भएन । नानीका पेट बढ्दै गयो । मैले पिसाव जमेको हो कि के हो भनेर फुपुलाई पिसाव चेक गर्न पठाए । नानीको पेटमा बच्चा भएको थाहा भयो । भिडियो एक्सरे गर्दा साढे ६ महिना भएको रहेछ । हामीले थाहा पाएको त्यो दिनमा पनि त्यो अपराधीले नानीलाई २ पटक घाँटी अटचेछ । तेरो बाबु आमा कामबाट रातीराती आउँछ बाटैमा मारिदिन्छु भनेर धम्काएको रहेछ । स्कुल जाँदा बाटोमा उत्तिकै टर्चर दिएको रहेछ ।
करणी गर्ने पुरुषलाई प्रहरीले मुद्धा हालि कारागार चलान गरिएको छ । तर छोरीहरु भने जेलबाट छुटेपछि फेरी आफु करणीको शिकार बनिनुपर्ने भयले ग्रस्त छन् ।
यस घटनामा परेकी नानीको न्यायका लागि अहिले आर्दश नारी विकास केन्द्रकी अध्यक्ष महिला अधिकारकर्मी मीना खरेल सहित अधिबक्ता फुलमाया रानाभाट लडिरहनुभएको छ । मुद्धाको फैसला नहुन्जेल र नानी परिपक्क नभइन्जेल आर्दश गृह नेपालमा राखिदैंछ । भरतपुर महानगरपाकिका स्वास्थय तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल सुरुआतदेखि नै संगै समन्वयमा हुनुहुन्छ । उहाँहरुले मंगलबार उनको परिवारलाई चामल, दाल,नुन, तेल, मसला, आलु, प्याज, विस्कुट,स्वाविन लगायत भान्छामा प्रयोग हुने खाद्यान्न घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ । उहाँहरुले आफ्नो व्यक्तिगत रुपमा केही नगद समेत दिनुभएको थियो ।
पछिल्लो समयमा दिनहु जसो बालिका देखि बृद्ध आमाहरु समेत बलत्कारको शिकार बनिरहेका छन् । अधिकाशं घटनाममध्ये ६० देखि ६५ प्रतिशत घटना ननिकका आफन्त र छिमेकीबाट हुने गरेको तथ्याकं छ । घटनामा परेकाहरुको न्यायका लागि महिलाअधिकारर्मी खरेल सहितको यो टिम प्रत्यक्ष रुपमा खटिएको पनि छ । अधिकारकर्मी खरेल यस्ता घटना रोक्नका लागि राज्य स्वयम् जिम्मेवार हुनुपर्ने बताउनुहुन्छ । “घटनामा परेका प्रभावितहरुलाई राज्यको तर्फबाट नै संरक्षण, शिक्षा, सिप र स्वरोजगार नहुँदासम्म पुर्ण सहयोग गर्नुपर्छ उहाँले भन्नुभयो, पीडीतको दीगो जीवनको सहयोग गर्ने निति हुनुपर्छ ।”
अपराधीलाई कानुनी रुपमा सजाय संगै सामाजिक दण्ड गर्ने कार्यक्रम राज्यस्तरबाटै आउनुपर्ने उहाँको माग छ । “अहिलेको सजाय प्रर्याप्त छैन उहाँले भन्नुभयो , पीडकको सर्वश्व सहितको सम्पत्ती पीडितको नाममा आउने नीति हुनुपर्छ । ”
अहिले पीडकले तिरेको रकम राज्यकोषमा जाने गरेको छ ।
पछिल्लो समयमा बढिरहेका यस्ता घटनाले बालबालिक ा परिवारका सदस्यहरु सबैको मानसिकतामा नराम्ररी प्रभाव परिरहेको छ । राज्यले कानुन नबनाएको पनि होइन तर प्रभावकारी कार्यान्वय नहुँदा अपराधको क्रम भने रोकिएको छैन ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?