निजगढ, बारा : निजगढबाट हराएको बालकृष्ण हुमगाईको मोटरसाईकल रौतहटबाट बरामद गरिएको छ । यही असार २४ गते राति निजगढ नगरपालिका वडा नं.७ स्थित प्रशान्त लामाको घर अगाडि पार्किङ गरी राखिएको यामाहा कम्पनीको मोटरसाइकल मधेश प्रदेश ०३ प ७५१० चोरी भएको घटनामा संलग्न तीन जना पक्राउ परेका छन् ।
मोटरसाइकल हराएको भनी निजगढ–६ निवासी बालकृष्ण हुमागाईंले ईलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएका थिए । अनुसन्धानको क्रममा असार ३१ गते निजगढकै वडा नं ७ योजना टोलमा संकास्पद अवस्थामा हिँडिरहेको निजगढ ७ योजना टोल बस्ने विकास मगरका छोरा बर्ष २५ को चमन मगरलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले सो मोटरसाइकल चोरी गरी रौतहट गुजरा नगरपालिका–२ का बर्ष २६ का रोशन मगरलाई बिक्री गरेको स्वीकार गरेको निजगढ प्रहरीका प्रहरी निरिक्षक जिवन लामिछानेले जानकारी दिनुभयो ।
रोशन मगरलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा उनले सो मोटरसाइकल पुन ः रौतहटको गरुडा नगरपालिका–२ झाझपुल चोकमा रहेको न्यू राजन वर्कशपका सञ्चालक बर्ष ३० का राम प्रवेश महरालाई रु ३१,००० मा बिक्री गरेको बयान दिएका थिए ।
यसपछि ईलाका प्रहरी कार्यालय निजगढले ईलाका प्रहरी कार्यालय गरुडा रौतहटसँगको समन्वयमा असार ३१ गते साँझ ४ः३० बजेको समयमा रौतहट गरुडा–२, राजेन्द्र महराका छोरा बर्ष ३० का प्रवेश महरा र बिष्णु मगरका छोरा बर्ष २३ का रोशन मगरलाई नियन्त्रणमा लिई उनको घरमा खानतलासी गर्दा बिना नम्बर प्लेटको सो यामाहा मोटरसाइकल फेला पारेको हो ।
प्रहरीले मोटरसाइकललाई रीतपूर्वक बरामद गरी चमन मगर,रोशन मगर र राम प्रवेश महरालाई चोरी अभियोगमा पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी रहेको प्रहरी निरिक्षण जिवन लामिछानेले बताउनुभयो ।

















