महिला उद्यमशीलता प्रवद्र्धनका लागि निजगढ–११ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न

                     
  नेपाल लेख   २०८२ असार १३, शुक्रबार २१:३७

निजगढ, निजगढ नगरपालिका वडा नं.११ को आयोजना तथा साहसी महिला समूहको सहकार्यमा “महिला उद्यमशीलता साक्षरता अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ । कार्यक्रम महिला उद्यमशीलता उपप्रमुख प्रवद्र्धन कोष मार्फत सञ्चालन गरिएको हो ।

कार्यक्रम साहसी महिला समूहकी अध्यक्ष रत्नकुमारी बर्तौलाको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ र विशिष्ट अतिथि वडा नं.११ का अध्यक्ष सहईया गुरोको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य बिमल सापकोटाले राख्नुभएको थियो भने प्रमाणपत्र वितरण उपप्रमुख थिङ र वडा अध्यक्ष गुरोबाट संयुक्त रूपमा वितरण गरिएको थियो । कार्यक्रम वडा कार्यालयको भवनमा सञ्चालन गरिएको थियो ।

असार ७ गतेदेखि सुरु भएको कार्यक्रम असार १३ गते सम्पन्न भएको समूहकी सचिव भवानी पोखरेलले नेपालेख डटकमलाई जानकारी दिनुभयो ।

कार्यक्रममा २८ जना सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रमको सञ्चालन समूहकी कोषाध्यक्ष शोभा परियारले गर्नुभएको थियो ।

यस कार्यक्रमले महिलाहरूलाई उद्यमशीलतामा सशक्त बनाउँदै आत्मनिर्भरता हासिल गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?