
निजगढ,निजगढ नगरपालिका वडा नं.५ को आयोजनामा आयोजित विशेष सम्मान कार्यक्रममा राष्ट्रिय फुटबल टिममा स्थान बनाउन सफल स्थानीय खेलाडी सृजनराज गौतमलाई नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा श्री जनजागृति सामुदायिक वन उपभोक्ता समिति र बारा जिल्ला फुटबल संघको सहकार्य रहेको थियो ।
समारोहमा वडा अध्यक्ष सूर्यबहादुर थापा मगर, जनजागृति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जयप्रसाद ढुंगाना, कार्यपालिका सदस्य शर्मिला विक, बारा जिल्ला फुटबल संघका सदस्य भोला प्रसाद ढुंगाना, वडा सदस्यहरू, टोल विकास संस्थाका अध्यक्ष लिलाहरी चौलागाईं, वडा सचिव सुजित कर्ण लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले युवा पुस्ताले खेलकुद क्षेत्रमार्फत देशको प्रतिष्ठा बढाइरहेको उल्लेख गर्दै खेलाडी सृजनराज गौतमको सफलता निजगढकै गौरव भएको बताए ।
सृजनराज गौतमलाई वडा कार्यालयमार्फत नगद रु ११,००० तथा श्री जनजागृति सामुदायिक वन उपभोक्ता समितिबाट थप रु ५,१०० प्रदान गरिएको वडाका कर्मचारी निरोज खतिवडाले जानकारी दिनुभयो ।
कार्यक्रमले स्थानीय तह र समुदायले खेलकुद क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूको हौसला अभिवृद्धि गर्न तत्पर रहेको सन्देश दिएको छ ।