निजगढ नगरपालिका–१ द्वारा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

                     
  नेपाल लेख   २०८२ जेष्ठ २५, आईतवार २१:००

निजगढ,निजगढ नगरपालिका वडा नं.१ द्वारा वडामा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरूलाई घरदैलो सेवा प्रभावकारी बनाउनका लागि साइकल वितरण गरिएको छ । स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने उद्देश्यले वडा कार्यालयले तीन थान साइकल वितरण गरेको हो ।

स्वास्थ्य स्वयंसेविकाहरूले समुदायका घर–घरमा पुगी सेवा दिनुपर्ने भएकाले साइकलले उनीहरूको कार्य सहज र छरितो हुने अपेक्षा गरिएको छ । यस कार्यक्रमले घरमै पुगेर स्वास्थ्य सेवा दिनेलाई थप सहयोग पुग्ने विश्वास वडा कार्यालयले लिएको छ ।

साइकल वितरण कार्यक्रम वडा अध्यक्ष मंगले लोप्चनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य फुलमाया घलान, वडा सदस्य कन्तलाल धामी, मञ्जु कुमार कछडिया, वडा सचिव सोम सिंह लामा तथा कार्यालय सहायक कालीमाया स्याङतानको उपस्थिति रहेको थियो ।

वडा कार्यालयले आगामी दिनमा यस्ता थप सहुलियत कार्यक्रम ल्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

 

 

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?