ईलाका प्रहरी कार्यालय निजगढले ठूलो परिमाणको लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ । निजगढ४ स्थित मोहोरी खोला नजिकबाट प्रतिबन्धित लागु औषध खरिद बिक्री भइरहेको भन्ने विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटेको प्रहरी टोलीले निजगढ नगरपालिका १० चौकीटोल बस्ने अन्दाजी वर्ष २८ को प्रेम वाइबा, सोही ठाउँका अन्दाजी वर्ष २२ को धनबहादुर थिङ, अन्दाजी वर्ष ३० को ज्ञान बहादुर घलान, निजगढ वडा नम्बर १० बिच टोल बस्ने अन्दाजी वर्ष २४ को अमृत दुलाल र मकवानपुरको बकैया गाउँपालिका ६ भालु खोलाका अन्दाजी वर्ष २५ को बिजय योञ्जनलाई आज दिउसो ४ बजे नियन्त्रणमा लिएको हो । उनीहरुको शरीर र झोलासमेत चेकजँच गर्दा प्रतिबन्धित लागु औषध ५७ पत्ता ट्रमाडोल– ५०, ५ पत्ता एन्टिको फट्याब्लेट र ५ पत्ता डेभोक्सिन–१० बरामद भएको र बरामद लागु औषध सहित नियन्त्रणमा लिएर निजहरु माथि थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय निजगढमा राखिएको प्रहरीले जनाएको छ ।

















