नेकपा एमालेको तेस्रो निजगढ नगर अधिवेशनमा भाग लिने प्रतिनिधिहरुको छनौट कार्य पुरा

                     
  नेपाल लेख   २०८२ बैशाख १४, आईतवार १०:४७

निजगढ, नेकपा एमालेको तेस्रो निजगढ नगर अधिवेशनमा भाग लिने करिव ३ सय प्रतिनिधिहरुको छनौट कार्य पुरा भएको छ । शुनिवार पार्टी नगर सल्लाहाकार कमिटी र ९ वटा जनवर्गिय संघठनबाट गरी ३४ जना प्रतिनिधि छानिएपछि प्रतिनिधि छनौट प्रक्रिया पुरा भएको हो । यसअघि नगर अधिवेशनमा वडा कमिटीबाट सहभागी हुने करिव १९३ जना प्रतिनिधिहरुको भेला मार्फत शुक्रवार एकैदिन छनौट गरिएको थियो । नगरपालिकाका १३ वटै वडाबाट संगठित पार्टी सदस्य संख्याको आधारमा सबै वडाबाट करिव ३ सय जना प्रतिनिधिहरुको सर्वसम्मत रुपमा छनौट गरिएको पार्टी नगर कमिटी सचिव तिलक घलानले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वडामा ४ जना संगठित पार्टी सदस्य बराबर १ एक जनाको दरले महिला ३३, युवा २० प्रतिशत र एकजना दलितलाई समेत समावेश गरेर प्रतिनिधि छनौट भएका हुन । त्यसैगरी हिजो पार्टीमा आबद्ध ९ वटा जनवर्गीय संगठनहरुबाट ३÷३ जनाको दरले २७ जना प्रतिनिधि छनौट भएका हुन । पार्टीको सल्लाहाकार कमिटीबाट भने ७ जना प्रतिनिधि छनौट भएका छन् । आगामी १८ र १९ गते शुभकार्य बैङ्गकुट निजगढ ८ मा हुने नगर अधिवेशनको पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्धाटन गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?