बकैया नागमणी सामुदायिक वनको नयाँ कार्यसमिति चयनको लागि बैशाख २७ गते मतदान हुदै

                     
  नेपाल लेख   २०८२ बैशाख ९, मंगलवार २१:४७

निजगढ,निजगढ नगरपालिका वडा नम्बर ८ स्थित बकैया नागमणी सामुदायिक वन उपभोक्ता समुहको नयाँ कार्यसमिति चयनको लागि आगामी बैशाख २७ गते मतदान हुने भएको छ । समूहको नयाँ कार्यसमिति चयन गर्न गठन गरिएको निर्वाचन मण्डलको हिजो सोमवार बसेको बैठकले नयाँ कार्यसमिति चयनको लागी बैशाख २७ गते निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन मण्डलले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार बैशाख १० गते बुधवार मतदाता नामावली प्रकाशन, बैशाख ११ गते मतदाता नामावलीमाथि दाबी बिरोध र १२ गते नामावलीको दाबी विरोधमा छानबिन र अन्तिम नामावलीको प्रकाशन गरिने जनाइएको छ । त्यसैगरी बैशाख १३ गते उम्मेदवारहरुको नामावली प्रकाशन, १४ गते उम्मेदवारीमाथि दाबी विरोध, १५ गते दाबी विरोधीमाथि छानबिन र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै १६ गते उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिने, १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने कार्यतालिका छ । निर्वाचन मण्डलले १८ गतेदेखि २५ गतेसम्म रातीको १२ बजेसम्मको लागि उम्मेदवारहरुलाई आफ्नो चुनाव प्रचारको समय तोकेको छ । निर्वाचन मण्डलका संयोजक सब डिभिजन रेञ्जर निरज पोखरेलका अनुसार २६ गते मौन अवधि र २७ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने छ । सोही दिनबाट मतगणना गरेर २८ गते निर्वाचन परिमाण घोषणा र शपथ ग्रहण तथा प्रमाणपत्र वितरण हुने उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?