निजगढ नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत अर्यालको हाजिरी

                     
  नेपाल लेख   २०८२ बैशाख ८, सोमबार २१:३४

निजगढ,निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्रबहादुर अर्यालको सोमवार नगर कार्यपालिका कार्यालयमा स्वागत गरिएको छ । उपसचिव अर्यालको कार्यालयमा हाजिर गरेर पदभार गरेपछि निजगढ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले उपसचिव अर्यालको स्वागत गरेका हुन । उहाँको निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा अध्यक्षहरु तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटा सहित कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ३ वैशाख २०८२ गतेको निर्णय अनुसार अर्याल निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा हुनुभएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कान्ति बाल अस्पतालमा कार्यरत अर्यालसंग यसअघि धुनीबेसी नगरपालिका, निलकण्ठ नगरपालिका, तानसेन नगरपालिका लगायत अन्य स्थानिय तहमा प्रमुख प्रशासकीय अधिकृत भई कार्य गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?