बाराको स्ववियु निर्वाचनमा अखिलका सभापती बालकृष्ण हुमगाई ३ मतान्तरले विजय

                     
  नेपाल लेख   २०८१ चैत्र ६, बुधबार २१:३७

निजगढ,निजगढको गौरीशंकर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापती पदमा अनेरास्ववियुका बालकृष्ण हुमागाई विजयी हुनुुभएको छ । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुका हुमागाईले निकटतम प्रतिव्दन्दी नेविसंघका दावा लामा बोञ्जनलाई ३ मतले पछि पार्दै जित जित हात पार्नुभएको हो । सचिव पदमा भने नेविसंघकी प्रवना लामा विजयी हुनुभएको छ । लामाकी निकटम प्रतिस्पर्धी अनेरास्ववियुकी पे्रक्षा उप्रेतीलाई १० मतको अन्तरले पराजित गर्नुभएको हो । प्रतक्ष्यतर्फको अन्य सबै ५ जना सदस्यमा पनि नेविसंघकै उम्मेदवारहहरु विजयी भएका छन । आज दिउसोबाट गणना शुरु भएको प्रतक्ष्यतर्फका उम्मेदवारहरुको मत परिणाम केही बेर अघिमात्रै सार्वजनिक भएको हो । समानुपातिक तर्फको गणना भने केही बेरपछि शुरु हुने जनाइएको छ

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?