
निजगढ,प्रेस चौतारीे नेपाल बाराले आज शनिवार अन्तराष्ट्रिय महिला दिवस र होली शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सिमराको औराहास्थित देवाघात आश्रमको पार्कमा कार्यक्रम सम्पन्न भएको थियो । चौतारीका जिल्ला अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रमको आतिथ्यतामा केन्द्रिय सचिव कमल कुमार उपाध्याय अधिकारीको प्रमुख अतिथि र बिशिष्ट अतिथि मधेश प्रदेश उपाध्यक्ष अनिल तिवारी,नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेल,नेकपा एमाले मधेश प्रदेश सदस्य त्रिलोक बिक्रम साह, चौतारी नेपाल बाराका निवर्तमान अध्यक्ष दिवाकर भण्डारी र चौतारी बाराका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रममा कमलकुमार उपाध्याय, मनोज पौडेल, अनिल तिवारी लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । भने कार्यक्रम संचालन सचिव श्याम गुप्ताले गर्नुभएको थियो ।