
निजगढ,निजगढ नगरपालिका वडा नम्बर १० स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लालको सिसी टिभी क्यामरा चोरी भएको छ । चोरहरुको समूहले विद्यालयको प्रशासन शाखाको ताल्चा फुटाएर विद्यालयमा जडान गरिएको सिसी क्यामारा चोरी गरेका हुन । विद्यालयका शिक्षकहरुले आज बिहान चोरीको घटना बारे जानकारी पाएका थिए । शिक्षकहरुले कोचिङ कक्षा शुरु हुनुअघि ईन्टरनेट, सिसी क्यामाराको तार काटिएको देखेपछि घटानाबारे जानकारी पाएका थिए । ‘बिहान विद्यालयमा पुगेका शिक्षकहरुले प्रशासन शाखाको ताल्चा फोडेको देखेपछि घटनाबारे थाहा भयो, विद्यालयका प्रधानध्यापक दिनानाथ शाहले भन्नुभयो, घटनाको प्रकृति हेर्दा चोरी गर्नेभन्दा पनि विद्यालयमा क्षति पु¥याउने उदेश्य देखिन्छ ।
चोरहरुले कम्प्युटरको मनिटर फुटाएको र सिसी टिभीको केही क्यामारा मर्काएर भाँचेको पनि उहाँले सुनाउनुभयो । शनिवारको दिन विद्यालय बन्द रहेकाले सो घटना कुन बेला भएको भनेर यकिन गर्न नसकिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहले बताउनुभयो । उहाँले आईतवार राति घटना भएको हुनसक्ने बताउनुभएको छ ।
त्यसैबिच अज्ञात समुहले बिद्यालय परिसर भित्र प्रवेश गरि सिसि क्यामराको तार काटी बाहिर रहेको २ थान सिसि क्यामरा फुटाएको बिषयलाई लिएर बिद्यालयले दोषि पत्ता लगाई सशक्त कार्वाही तथा निजबाट क्षतिपुर्तिको माग राख्दै ईलाका प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।