निजगढका किशोरीलाई माघ २३ देखि २५ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाइने

                     
  नेपाल लेख   २०८१ माघ १०, बिहीबार २०:०४


निजगढ,निजगढका किशोरीलाई माघ २३ देखि २५ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाइने भएको छ । एच.पि.भी. खोप अभियान २०८१ अन्तर्गत माघ २३ देखि २५ गतेसम्म निजगढ नगर क्षेत्रमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई सम्बन्धित विद्यालयमा सो खोप लगाइने निजगढ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । अभियान अन्तर्गत विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई नजिकैको विद्यालयमा तथा छुट भएका उक्त समूहका किशोरीहरूलाई नजिकको स्वास्थ्य संस्थामा समेत एच.पि.भी. खोप लगाइने निजगढ स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले जानकारी दिनुभयो । एच.पि.भी. खोप कक्षा ६ देखि १० सम्म सञ्चालन हुने नगरपालिकाका सबै विद्यालयहरूको साथै स्वास्थ्य संस्थाबाट समेत दिइने हुँदा अभियानको समयमा पायक पर्ने स्थानमा सम्पर्क गरी खोप लगाउनहुन स्वास्थ्य शाखा प्रमुख लामाले अनुरोध गर्नुभएको छ ।

यसैबीच एच.पि.भी. खोप अभियान २०८१ अन्तर्गत निजगढ नगरपालिका अन्तर्गतको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि आयोजना गरिएको अभियान सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । निजगढ नगरपालिकाको सभाहलमा भएको सो अभिमुखीकरण कार्यक्रममा उपमेयर सोममाया थिङ्गले अभियान प्रभावकारी रुपमा सफल पार्न स्वास्थ्यकर्मीहरूसँग आग्रह गर्नुभएको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?