
निजगढ,निजगढ उद्योग बाणिज्य संघले आगामी माघ ११ गतेदेखि २२ गतेसम्म निजगढमा आयोजना गर्न लागेको “प्रथम निजगढ महोत्सव– २०८१” को गृहमन्त्री रमेश लेखकले उद्धाटन गर्ने तय भएको छ । महोत्सवको प्रमुख अतिथिमा गृहमन्त्री लेखकलाई आमन्त्रण गरिएको संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
संघको तर्फबाट महोत्सवको उद्धाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन संघको तर्फबाट गरिएको आमन्त्रणलाई गृहमन्त्री लेखकले स्वीकार गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठसहितको टोली मन्त्री लेखकलाई निमन्त्रणा गर्न काठमाण्डौंको सिंहदरवार स्थित गृहमन्त्रालयमा पुगेको थियो । टोलीमा संघका पुर्व अध्यक्ष शम्भु बहादुर बुढाथोकी र महोत्सव प्रचार प्रसार संयोजक इन्दीप कोइराला लगायत सहभागी थिए । संघको निमन्त्रणालाई स्वीकार गर्दै मन्त्री लेखकले उद्धाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सरिक हुने प्रतिबद्धता जनाउनुभएको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभएको छ । संघले उद्धाटन कार्यक्रममा गृहमन्त्री लेखकसंगै उद्योगमन्त्री दामोदर भण्डारीलाई निम्ता दिएको तर मन्त्री भण्डारीले भने कार्य व्यस्तताको कारण कार्यक्रममा सहभागी हुन नपाउने जानकारी गराएको श्रेष्ठले बताउनुभयो । “कृषि÷पर्यटन तथा औद्योगिक व्यापार, समृद्घिको आधार” भन्ने मुख्य नाराका साथ संघले निजगढमा पहिलो पटक महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवमा दैनिक हजारौं व्यवसायी र सर्वसाधारणले अवलोकन तथा कारोबार गर्ने र यसबाट स्थानीय तथा स्वदेशी उत्पादनसंगै कला संस्कृतिको प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा राखिएको निजगढ उद्योग बाणिज्य संघ जनाएको छ । महोत्सवले निजगढ क्षेत्रको मात्रै नभइ देशकै आर्थिक गतिविधि चलायमान पार्न सहयोग पुग्ने विश्वसा लिइएको अध्यक्ष श्रेष्ठको भनाई छ । कृषि र व्यापारिक स्टलहरुसंगै ख्याति प्राप्त गायक र हास्य कलाकारहरुको प्रस्तुति रहने सो महोत्सवको माघ ११ गते दिउसो १ बजे निजगढ ८ स्थित खयरघारी खेल मैदानमा उद्धाटन हुने कार्यक्रम रहेको छ । महोत्सवमा कृषि र व्यापारिक स्टलहरुसंगै ख्यातिप्राप्त गायक र हास्य कलाकारहरुको प्रस्तुति रहने छ ।
,,,,,,,,,,,,,,,,,,,,