
निजगढ,निजगढ नगरपालिका १२ नम्बर वडा कार्यालयले वडाका ज्येष्ठ नागरिक तथा अपाङगता भएकाहरुलाई थर्मस तथा न्यानो सिरक र ब्ल्यांकेट वितरण गरेको छ । कार्यालयले पूर्ण अपाङ्गता भएका ३ जना र ८१ वर्ष उमेर कटेका ३८ जना वडाबासीहरुलाई थर्मस तथा ७५ वर्ष कटेका ३७ जनालाई सिरक तथा ब्ल्यांकेट वितरण गरेको हो । आज शुक्रवार बिहान ११ बजे देखि २ बजेसम्म कार्यालय भवनमा एक कार्यक्रमका बिच उक्त सामग्री वितरण गरिएको वडा अध्यक्ष ज्ञानबहादुर गोलेले बताउनुभयो ।