प्रथम निजगढ महोत्सव हुँदै, झण्डै २ दर्जन कलाकारहरु आउने

                     
  नेपाल लेख   २०८१ पुष २६, शुक्रबार २१:३१

निजगढ,प्रथम निजगढ महोत्सव हुने भएको छ । महोत्वमा झण्डै २ दर्जन कलाकारहरु आउने कृषि, पर्यटन र औद्योगिक व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले निजगढमा आयोजना हुन लागेको प्रथम निजगढ महोत्सवमा झण्डै २ दर्जन राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने भएका छन् । आयोजक निजगढ उद्योग बाणिज्य संघका अनुसार महोत्सवमा ख्याति प्राप्त गायकहरु रामकृष्ण ढकाल,शिव परियार,राजनराज शिवाकोटी,रचना रिमाल,एलिना चौहान,समिक्षा अधिकारी,लोकगायक बद्री पंगेनी, ज्योती मगर, प्रीती आले, राधिका हमाल, शान्ता रानी परियार, अमृत खातीले प्रस्तुती दिनेछन् । त्यसैगरी महोत्सवमा र्यापर जि–बब, आरटी र सुनिता ल्यामगढ तथा हाँस्यकलाकारहरु धुर्मुस–सुन्तली, सुबोध गौतम, बबिता गुरुङ, प्रमिला क्षेत्री तथा प्रीति पासवान र एंजिला दाहाल जस्ता चर्चित मोडलहरुको पनि प्रस्तुति रहने निजगढ नगर उद्योग वाणिज्य संघका सदस्य इन्दिप कोइरालाले बताउनुभयो । आगामी माघ ११ देखि २२ गतेसम्म निजगढ–८ स्थित खयरघारीको खेल मैदानमा प्रथम निजगढ महोत्सव हुन लागेको हो । महोत्सवमा स्थानीय उत्पादनका सामग्रीसहित मनोरञ्जका विभिन्न साधनसहित १ सयभन्दा बढी व्यवसायीहरुको स्टलसमेत रहने जनाइएको छ

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?