अत्यधिक चिसोका कारण सिरहामा एक जनाको मृत्यु

                     
  नेपाल लेख   २०८१ पुष २५, बिहीबार २१:५७

बारा,अत्यधिक चिसोका कारण सिरहामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका वडा नम्बर ८ बस्ने ३५ वर्षीय मोहमद अख्तर अलि रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

मधुमेह रोगबाट ग्रसित अख्तरको न्यानो कपडा र राम्रो वासस्थान नहुँदा कठ्याङ्ग्रिएर मृत्यु भएको उनका छोरा सलमानले बताउनुभयो । अत्यधिक चिसो बढेपछि सिरहाका विभिन्न पालिकाहरूले एक सातासम्मका लागि विद्यालय बन्द गरेका छन् ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?