वागदेव दुग्द्य उत्पादक सहकारी संस्थाको १४ औँ बार्षिक साधारणसभा सम्पन्न

                     
  नेपाल लेख   २०८१ पुष २५, बिहीबार २१:४५

निजगढ,निजगढ ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि. १४औं वार्षिक साधारणसभा एवम् ईकाइ प्रतिनिधिहरुको बैंठक आज बिहीवार सम्पन्न भएको छ । साधारण सभाको बारा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य अच्यूतप्रसाद मैनालीले उद्घाटन गर्नुभएको थियो । उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मैनालीले देश कठिन मोडमा उभिएको भन्दै स्रोतको सुनिश्चि नहुदै शिलन्यास गर्ने होडले गर्दा बजेटमा समस्या भएको बताउनुभयो । सांसद मैनालीले दुग्ध किसानको समस्या समाधान गर्न समन्वय गर्ने र निकाश निकाल्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले बागदेव दुग्ध उत्पादक सहकारी संस्था किसानमा आधारित र किसानप्रति समर्पित संस्था भएको बताउनुभयो । मेयर पुरीले किसानबारे योजना बनाउदा स्थानीयसँग समन्वय गर्न मधेस विकास बोर्डसंग आग्रह गर्नुभएको छ ।

कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ, मधेस प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष डा.शम्भु साह, निजगढ नगरपालिका वडा नं.६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, दुग्ध सहकारी संघ बाराका अध्यक्ष पुरुषोत्तम भट्टराई, निजगढ नगर सहकारी सञ्जालका संयोजक भोलाप्रसाद गौतम, संस्थाका पूर्व अध्यक्ष अम्बिकाप्रसाद चौलागाई, संस्थाका पूर्व अध्यक्ष थानेश्वर सापकोटा, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष सुदर्शनप्रसाद कोईराला, निजगढ नगर सहकारी तथा योजना शाखा प्रमुख अजयकुमार उप्रेती लगायतले बोल्नुभएको थियो ।

संस्थाका अध्यक्ष थानेश्वर सापकोटा अविरलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै धेरै प्रश्नहरुको घेराको विचमा सदस्यहरुसँग प्रत्यक्ष पुग्न इकाई भेला आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक राजन तिमल्सिनाले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस्तै संस्थाका व्यवस्थापक शौरभ अधिकारीले आर्थिक प्रतिवेदनसहित आगामी बजेट प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभाको अवसरमा उत्कृष्ठ कृषकलाई सम्मान गरिएको थियो । २१ हजार नौं सय ४५ लिटर दुग्ध बिक्रि गर्ने बकैया ठाकुर पशुपालन फर्म सर्वोकृष्ट भएको छ । १६ हजार चार सय ४९ लिटर दुग्ध विक्रि गर्ने कैलाश खड्का र १३ हजार ४ सय ३६ लिटर दुग्ध विक्रि गर्ने रामप्रसाद हुमागाई सम्मानित हनुभएको छ । उनीहरुलाई नगद र सम्मान–पत्रले मेयर पुरीले सम्मान गर्नुभएको हो ।

त्यस्तै कार्यक्रममा पूर्व कर्मचारी सम्मानबाट पूर्व लेखापाल गोविन्द प्रसाद गौतम, पूर्व सहलेखापाल सर्मिला अधिकारी, पूजा भट्टराई र कार्यालय सहयोगी विष्णुप्रसाद भट्टराईलाई कर्मचारी सम्मान प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ट पत्रकारित पुरस्कारबाट पत्रकार प्रलाद तिमल्सिनालाई सम्मान–पत्रले सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टुकबहादुर तिमल्सिनाले र सञ्चालन सचिव प्रकाश सापकोटाले गर्नुभएको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?