
निजगढ,सामाजिक संस्था युथ अफ निजगढको ११औं साधारण सभाले कमल पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । साधरणसभाले कमल पराजुलीको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । आज सम्पन्न वार्षिक साधारणसभाबाट अध्यक्ष लगायत कार्यसमितिका सबै पदाधिकारीहरू सर्वसम्मत चयन भएका हुन् ।नवगठित कार्यसमितिको उपाध्यक्षमा सन्तोस पौडेल, महासचिव लक्ष्मी पाण्डे (मनिता), सचिव अशोक श्रेष्ठ, कोषाध्यक्ष रवि सापकोटा, सहसचिवमा प्रलाद तिमल्सिना छन् भने सदस्यहरू जगतबहादुर न्यौपाने, मुक्तिप्रसाद स्वाँर, मुकुन्द बिष्टलगायत रहेकाछन् । समाज सेवामा सक्रिया युथ अफ निजगढले निजगढका मिर्गौला पीडित, क्यान्सर, आगलागी पीडितलगायत अति विपन्नहरूलाई नगद तथा जिन्सी सहयोग प्रदान गर्दै आएको छ । संस्थाका अध्यक्ष कमल बजगाई सुवाँरको अध्यक्षतामा निजगढ नगरपालिका ९ स्थित होली एन्जल्स बोडिङ्ग स्कुल परिसरमा साधारण सभा सम्पन्न भएको हो ।