राष्ट्रपती रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आजबाट शुरु

                     
  नेपाल लेख   २०८१ पुष ११, बिहीबार २१:३०

निजगढ,निजगढ नगरपालिकाको आयोजनामा राष्ट्रपती रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आज बिहीवारबाट शुरु भएको छ । निजगढ ९ स्थित शहिद हिरालाल स्मृति रंगशालामा शुरु भएको सो प्रतियोगिता अन्तर्गत आज ३ वटा खेलको प्रतिस्पर्धा सकिएको छ । जसअनुसार निजगढ ५ स्थित गौरीशंकर मा.वि सडकटोलले २ खेलमा पहिलो स्थान हासिल गरेको छ,भने निजगढ ८ को गौरीशंकर मा.वि.ले एउटा खेलको उपाधि जितेको छ । गौरीशंकर मा.वि.सडकटोलले छात्र र छात्रातर्फको सटपुटको स्पर्धामा स्वर्ण पदक जितेको हो । गौरीशंकरका अरुण घिमिरे केटातर्फ र अरुणिमा घिमिरे केटीतर्फको प्रतिस्पर्धामा विजयी भएकी हुन ।

त्यसैगरी गौरीशंकर मा.वि निजगढ ८ ले छात्रातर्फ ८०० मिटर दौडमा पहिलो र दोस्रो दुबै पदक जितेको छ । कुशुम पण्डितले स्वर्ण पदक हात पार्दा सोही विद्यालयकी बबिता साहले कास्य पदक जितेकी छिन । प्रतियोगितामा एथलेटिक्सका विभिन्न विधा सहित भलिबल, कवडी, तेक्वाण्डो खेल समावेश छन् । प्रतियोगितामा निजगढ नगरपालिका विभिन्न विद्यालयका छात्रछात्रा सहभागी रहेका छन् । यसअघि मधेस प्रदेश सभा सदस्य मिना लामाले प्रतियोगिताको उद्धाटन गर्नुभएको थियो । सभासद लामाले सटफुट फालेर प्रतियोगिताको उद्धाटन गर्नुभएको हो । नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको उद्धाटन कार्यक्रममा प्रमुख अतिथि सभासद लामा,उपप्रमुख सोममाया थिङ्ग, नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, गौरीशंकर मा.वि निजगढ ६ का प्र.अ यादवकुमार तिमल्सिना, सार्वजनिक मा.वि.का प्र.अ हस्त बहादुर लामा लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले प्रतियोगिता सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?