बारा: नेपाल पत्रकार महासंघको नयाँ कार्य समिति चयनका लागि मंसिर २८ गते मतदान हुँदैछ। महासंघको निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ।
नयाँ कार्यसमितिका लागि तीन सदस्य निर्विरोध निर्वाचित भएका छन्। आदिवासी जनजाति सदस्य महिलामा देविका घर्ती मगर, दलिततर्फ महिला सदस्यमा रीता बुढाथोकी र सावित्री रसाईली निर्विरोध निर्वाचित भएका हुन्।
महासंघको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी कायम भएको छ। अध्यक्ष पदमा देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवार कायम रहेको निर्वाचन समितिले जनाएको छ।
वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरी, महिला उपाध्यक्षमा गंगा पौडेल (बराल) र नितु पण्डितको उम्मेदवारी कायम भएको छ।
समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहको उम्मेदवारी कायम भएको छ। महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेको उम्मेदवारी कायम भएको छ।
खुल्ला सचिवमा थाहाकर्मी माधव दुलालसहित उत्तरसिंह विष्ट, कुमार ओझा, बालकृष्ण अधिकारी र रमेश खतिवडाको उम्मेदवारी कायम रहेको छ।