निजगढ, नेपाली काँग्रेस निकट ने.बि.संघ निजगढले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा ८० जनाले रगत दान गरेका छन् । ने.बि.संघले शनिवार निजगढको शहिद चोकमा आयोजना गरेको कार्यक्रममा १० जना महिलासहित ८० जनाले रक्तदान गरेका हुन । माओवादी युवा नेता रविराज दंगाल, ने.बि.संघका उपसवापती अनिल खनाल र दिपक चौधरी र सदस्यहरु नारायण रिमाल र गोविन्द तिमल्सिना र नेकपा एमालेका युवा संघका केन्द्रीय सदस्य तिलक घलान लगायतले रक्तदान गरि प्रमाणपत्र हस्तान्तरण गर्नुभएको ने.बि.संघ कार्यसमितिका अध्यक्ष ईश्वर सापकोटाले नेपाललेख डटकमलाई जानकारी दिनुभयो ।