बारा प्रहरीद्वारा निजगढका ३ जना सहित ४ जना फरार प्रतिवादीहरु पक्राउ

                     
  नेपाल लेख   २०८१ मंसिर १७, सोमबार ११:३७

बारा, फरार प्रतिवादी खोजतलासको क्रममा बारा प्रहरीले निजगढ नगरपालिकाका ३ जनासहित ४ जनालाई हिजो पक्राउ गरेर जिल्ला अदालत बारामा बुझाएको छ । प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरका सुकुमार गुरो, निजगढ १ सिंगौलका चन्द्रबहादुर विक, निजगढ ८ का सन्तोषप्रसाद र महागढीमाई नगरपालिका वडा नम्बर २ भन्जियाका फरार प्रतिवादी भुपेन्द्र यादवलाई पक्राउ गरेर अदालतमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवंम सूचना अधिकारी प्रकाश सापकोटाका अनुसार संरक्षित वन्यजन्त हात्तीको दारा ओसारपसार मुद्दामा जिल्ला अदालतबाराबाट ५ वर्ष ३ महिना कैद र ५ लाख रुपैया जरिवाना फैसला सुनाइएका सुकुमार गुरो अस्थायी प्रहरी पोष्ट रतनपुरीको टोलीबाट पक्राउ परेका हुन । त्यसैगरी चोरी मुद्दामा सजाय फैसला भएका सिंगौलका चन्द्रबहादुर विकलाई अस्थायी प्रहरी पोष्ट सिंगौलले पक्राउ गरेको हो । विकलाई अदालतले २ महिना कैद र ५ हजार रुपैया जरिवाना तोकेको छ । सन्तोषप्रसादलाई भने ईलाका प्रहरी कार्यालय निजगढले पत्राउ गरेको हो । चेक अनादर मुद्दामा दोषि ठहर भएका उनीमाथि ३ हजार जरिवाना फैसला भएको छ । त्यस्तै सोही मुद्दामा बरियारपुरका यादवमाथि अदालतले १ हजार ५ सय रुपैया जरिवाना फैसला गरेको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?