नगरपालिकाकाको आग्रहका बाबजुद यस वर्षपनि रोकिएन निजगढमा प्लाष्टिकजन्य फूल र मालाको प्रयोग

                     
  नेपाल लेख   २०८१ कार्तिक २१, बुधबार १५:१२

निजगढ,निजगढ नगरपालिकाकाले दिपावली र छठ पर्वमा प्लाष्टिकजन्य फूल र माला प्रयोग नगर्न नगरबासीसँग आग्रह गरेता पनि यसको बिक्री वितरण र प्रयोग भने रोकिएको छैन । प्लाष्टिकजन्य फूल र मालाको उत्पादन, बिक्री वितरण र प्रयोगमा नेपाल सरकारले प्रतिबन्ध लगाएको र यसबाट वातावरण प्रदुषण र मानव स्वास्थ्यमा समेत प्रतिकुल असरपार्ने भन्दै निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले तिहार अघि निकालिएको सूचनामार्फत यसको प्रयोग नगर्न निजगढ नगरबासीसँग आग्रह गर्नुभएको थियो । सूचनामा स्थानीय रुपमा उत्पादित सयपत्री र मखमली फूलको प्रयोग गर्न पनि भनिएको भएपनि अधिकांश व्यवसायीहरुले प्लाष्टिकका फूल र मालाको बिक्री गर्दैआएका छन् । निजगढ नगरपालिकाले झारा टार्ने हिसाबले मात्र सूचना गरेको र कार्यान्वयनमा भने ध्यान नदिएकाले प्लाष्टिकका फुल र मालाको बिक्री वितरण यस वर्ष पनि नरोकिएको निजगढ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवम् वडा नम्बर ८ का पूर्व अध्यक्ष टेकबहादुर लामाले बताउनुभयो । उहाँले सूचना जारी गरेपछि अनुगमन गरेर प्रभावकारी कार्यान्वय पनि गरिनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?