निजगढ,बाराको निजगढ नगरपालिका ९ स्थित पूवपश्चिम राजमार्गको भमरा पुल नजिकै यात्रु बस दुर्घटना हुँदा २७ दर्जन यात्रु घाइते भएका छन ।
ईलाका प्रहरी कार्यालय निजगढले दिएको जानकारी अनुसार घाईतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई थप उपचारको लागि हेटौडा र वीरगञ्जस्थित अस्पतालमा रिफर गरिएको छ । अन्य घाइतेको भने निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
जनकपुरबाट नारायघाटतर्फ जाँदै गरेको ना. ५ ख ८८०२ नम्बर को बस दिउसो १.४५ बजे दुर्घटनामा परेको हो ।
साइकलबाट सडक पार गर्ने क्रममा २ जना किशोरीहरु बीच सडकमै लडेपछि उनीहरुलाई जोगाउने क्रममा बस अनियन्त्रित भएर सडक किनारामा पल्टिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।
बसमा ३८ जना यात्रु सवार रहेका थिए । घाइतेमध्ये बसमा सवार रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्ने दिपक गौतमको छोरी अन्दाजी वर्ष १५ की प्रन्जु गौतमको आँखा र छातीमा चोट लागेको र थप उपचारको लागि वीरगञ्ज तथा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका पिप्ले बस्ने चन्द्रदेवी चौलागाई, हेटौडा उपमहानगरपालिका ८ बस्ने अन्दाजी वर्ष ६५ की माया देवी ढकाल, सोही ठाउँ बस्ने वर्ष २५ की सामना तिमिल्सिना र वर्ष २९ की मुन्ना तिमल्सिनालाई थप उपचारको लागि हेटौडाको चुरेहिल अस्पतालको लागि रिफर गरिएको निजगढ प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै घाइतेहरुमा सर्लाही ईश्वरपुर नगरपालिका ६ बस्ने अन्दाजी वर्ष ४५ की तारा मैनालीको दाहिने हात र ढाडमा चोट लागेको छ भने रौतहट चन्द्रनगर नगरपालिका ४ बस्ने अन्दाजी वर्ष ४५ की रहुमाया मगरको टाउकोमा चोट लागेको छ ।
त्यस्तै मकवानपुर हैटौडा उपमहानगरपालिका ५ बस्ने अन्दाजी वर्ष ३५ की राधिका चौधरी, हेटौडा उपमहानगरपालिका ४ बस्ने अन्दाजी वर्ष २२ की धलेशा मैनाली, नवलपरासी गैडाकोट नगरपालिका ६ बस्ने अन्दाजी वर्ष ४१ की सर्मिला माया स्याङतान, सर्लाही बगमती नगरपालिका ६ बस्ने अन्दाजी वर्ष ३७ का मकर गिरी, सो ठाउँ बस्ने अन्दाजी वर्ष ३७ की सरवस्ती घिमिरे, हेटौडा उपमहानगरपालिका ७ बस्ने अन्दाजी वर्ष ३१ की बिन्दु बुढाथोकी, हेटौडा ५ बस्ने वर्ष ३१ की माया ढकाल, हेटौडा ७ बस्ने वर्ष ३१ को प्रमेश्वर दहाल र रौतहट चपुर नगरपालिका ६ बस्ने अन्जाजी वर्ष २७ को बिशाल कुशवार, मकवानपुरगढी ५ बस्ने वर्ष ४१ की ममता दहाल घाइते भएका हुन ।
त्यसैगरी.अन्य घाइतेहरुमा हेटौडा उपमहानगरपालिका ५ बस्ने वर्ष १८ को समिर माझी, सोही स्थान बस्ने वर्ष २० की रुजुमा माझी, रौतहट चन्द्रपुर नगरपालिका ६ बस्ने वर्ष २१ की रिता राई, सोही स्थान बस्ने वर्ष ५३ की तिलमाया थापा र तनहुँ घर भएकी अन्दाजी वर्ष ६३ की मनमाया तामाङ रहेकी छिन ।
दुर्घटनमा बस चालक चितवन राप्ती नगरपालिका २ बस्ने वर्ष ४० को रामबहादुर तामाङ पनि घाइते भएका छन । चालक तामाङको दाहिने हात र टाउकोमा चोट लागेको छ ।