एन्फा ऐकेडेमीको लापरबाहीका कारण विकल रेग्मीको ज्यान गएको अफन्त र स्थानीयको आरोप, विकलको शप घर ल्याउदै

                     
  नेपाल लेख   २०८१ आश्विन १४, सोमबार १०:११

मकवानपुरको इन्दसरोवर गाउँपालिका सिस्नेरीमा खसेको पहिरोमा परी निजगढ– ८ निवासी जयन्त रेग्मी र कमला रेग्मीका छोरा बर्ष १४ का विकल रेग्मीको बिकल रेग्मीको मृत्यृु भएपछि आफन्त र छिमेकी शोकमा डुबेका छन । एन्फा एकेडेमी र विद्यालयको लापरवाहीले विकलको ज्यान गएको भन्दै उनीहरुले मृतक प्रशिक्षार्थी विद्यार्थीको उचित सम्मान र पारिवारजनमा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

घटनापछि मृतक विकलको घरमा पुग्नुभएका निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले विकलको मृत्युले निजगढ नगरपालिका र राष्ट्रले नै ठूलो क्षति बेहोरेको बताउनुभएको छ ।

यसैबीच विकलको शव आज बिहान १०ः३० बजे निजगढ ल्याइने भएको छ ।  निजगढ नगरपालिकाले हिजो एउटा सूचना जारी गरेर स्व.विकलको पार्थिव शरिरलाई अन्तिम विदाइको लागि स्वर्गिय विकलको शव आज बिहान १०ः३० बजे निजगढ ९ स्थित शहिद हिरालाल रंगशालामा राखिने र श्रद्धाञ्जी कार्यक्रमको आयोजना गरिने जनाएको छ । श्रद्धान्जली कार्यक्रममा सहभागी हुन सम्पूर्ण निजगढबासीमा नगरपालिकाले अनुरोध पनि गरेको छ । इन्द्रसरोबर गाउँपालिका ४ स्थित बात्सल्यदेवी माध्यमिक विद्यालयमा एन्फाले संचालन गरेको आवासीय एकेडेमीबाट प्रशिक्षार्थी खेलाडी विकल रेग्मीसँगै ६ जना खेलाडीको पहिरोमा परी मृत्यु भएको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?