श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको प्रारम्भिक समिति सडकटोलद्धारा आयोजित रक्तदान कार्यक्रममा ४६ जना सहभागी

                     
  नेपाल लेख   २०८१ भाद्र ८, शनिबार २१:२७

निजगढ,बाराको निजगढ नगरपालिका वडा नं.६ स्थित श्रीकृष्ण प्रमाणी युवा परिषद् नेपालको प्रारम्भिक समिति सडकटोलद्धारा आयोजित रक्तदान कार्यक्रममा ३८ जना पुरुष र ८ जना महिला गरि जम्मा ४६ जनाले रगतदान गर्नुभएको थियो । दुब्र्वेसन त्यागौ सेवामुखी बनौ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिरगंज पर्साको प्राविधिक सहयोगमा शनिवार सम्पन्न भएको थियो ।

युवा परिषद् नेपालको प्रारम्भिक समितिका अध्यक्ष जिवनाथ बन्जाराको अध्यक्षता र श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय सदस्य तथा परिषद बारा पर्सा इन्चार्ज एवम परिषद वैदेशिक रोजगार बिभाग प्रमुख श्री दिपक सापकोटाको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा श्री कृष्ण प्रणामी मन्दिरका एक महिने बित्तकवाचक शास्त्री श्री घनश्याम अधिकारी, युवा परिषद् मधेस प्रदेशका उपाध्यक्ष संकलन तिमल्सिना युवा परिषद् मधेस प्रदेश सचिव श्री उमेश सापकोटा,युवा परिषद् श्री कृष्ण प्रणामी सेवा समिति जिल्ला अध्यक्ष अर्जुन प्रसाद घिमिरे, युवा परिषद् बारा जिल्ला अध्यक्ष मोहन सापकोटा,युवा जिल्ला निवर्तमान अध्यक्ष सुमन सुवेदी,युवा परिषद् बारा जिल्ला सचिव श्री दीपक बजगाई,मन्दिर सञ्चालक समितिका अध्यक्ष यादवकुमार तिमल्सिना, सञ्चालक समितिका सचिव भीमप्रसाद सापकोटा र श्री कृष्ण प्रणामी मन्दिर निजगढ बाइजुराज महिला मण्डली अध्यक्ष कमला अर्याल लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम श्री कृष्ण प्रणामी मन्दिर सडकटोलको भवनका सम्पन्न भएको थियो भने कार्यक्रम संचालन युवा परिषद नेपाल प्रारम्भिक समितीका सचिव ईश्वर सापकोटाले गर्नुभएको थियो

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?