तिलगंगा सामुदायिक आँखा अस्पतालमा आगामी कार्तिक तेस्रो साताबाट आफ्नै सुविधा सम्पन्न भवन निजगढबाट सेवा सञ्चालन गर्ने तयारी

                     
  नेपाल लेख   २०८१ श्रावण २१, सोमबार १५:२९

निजगढ,निजगढमा सञ्चालित निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ । निजगढ ९ स्थित अस्पताल रोडमा निर्माणाधिन अस्पताल भवनको निर्माण कार्य पूरा भएलगत्तै सेवा शुरु गर्न लागेको हो । अस्पताल व्यवस्थापनका अनुसार भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगमी कात्तिक २२ गतेदेखि आफ्नै भवनबाट आँखा उपचार सेवा प्रदान गर्ने तयारी भएको हो । आँखाको उपचारका लागि विश्व प्रसिद्ध तिलगंगा नेत्र अस्पतालले आँखा उपचारमा सर्वसाधारणको सहज पहुँच बिस्तारका लागि निजगढ लगायत देशका विभिन्न २० स्थानमा अस्पतालहरूमार्फत् आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । निर्माणाधिन भवनको निर्माण कार्य सम्पन्न भएपछि अस्पतालले बहिरंग सेवा, विशेषज्ञ सेवा, बिस्तारित सेवा र नियमित शल्यकृया सेवा संचालन गर्ने बताइएको छ । अस्पतालले करिव २९ करोडको लागतमा निजगढमा ३ वर्षअघि सुविधा सम्पन्न अस्पताल भवनको निमार्ण शुरु गरेको थियो । ५ वर्षभित्र सम्पन्न हुने गरी निर्माण शुरु भएको सो भवन निर्धारित समयभन्दा २ वर्षअघि नै पुरा हुन लागेको हो । तिलगंगा नेत्र चिकित्सालयले हाल निजगढ ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा स्टल राखेर आँखा उपचार सेवा प्रदान गरिरहेको छ । अस्पतालले समुदाय र विद्यालय स्तरमा आँखा सम्बन्धि सचेतनामूलक कार्यक्रम र निःशुल्क उपचार शिविरमार्फत् आँखा उपचार सेवा समेत प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?