श्री कृष्ण प्रणामी मन्दिर सडकटोलमा १ महिने श्रीमद् वितक चर्चा एमं श्री कृष्ण कथा प्रवचन शुरु

                     
  नेपाल लेख   २०८१ श्रावण ११, शुक्रबार १२:३९

निजगढ, निजगढ ६  सडकटोलस्थित श्री कृष्ण प्रणामी मन्दिरमा बिहीवारबाट १ महिने श्रीमद् वितक चर्चा एमं श्री कृष्ण कथा प्रवचन कार्यक्रम शुरु भएको छ । प्रणामी धर्मको विशेष पर्वको रूपमा रहेको वितक चर्चाको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली ,माननीय मिना लामा र मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरीले उद्धाटन गर्नुभएको थियो । कार्यक्रमको पहिलो दिन निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिाना लगायत सयौं श्रद्धालुहरुको उपस्थिति रहेको थियो । आगामी भदौ १० गते पर्ने श्रीकृष्ण जन्माष्ठमीसम्म चल्ने सो कार्यक्रममा प्रणामी समाजका प्रखर शास्त्री श्री घनश्याम अधिकारीले प्रवचन दिनुहुने बताइएको छ ।

श्री कृष्ण प्राकट्य महोत्सवमा भने मन्दिर परिसरबाट रथ यात्रा निकालेर नगर परिक्रममा गरिने मन्दिर व्यवस्थापन समितिका यादवकुमार तिमल्सिनाले जानकारी दिनुभयो । कार्यक्रम अन्तरगत प्रतेक दिन विहान ११ः३० बजेदेखि दिउँसो ३.३० बजेसम्म प्रवचन र राति भजन, किर्तन तथा अन्य धार्मिक कार्यक्रमहरू आयोजना गरिने तिमल्सिनाले बताउनुभयो । सो अवसरमा सांसद मैनाली र चौधरीले निर्माणाधिन प्रणामी मन्दिरको निरीक्षणसमेत गर्नुभएको थियो । भने कार्यक्रम संचालन भिमसेन सापकोटाले गर्नुभएको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?