श्री जनजागृति आधारभुत बिद्यालयलाई पंखा सहयोग प्राप्त

                     
  नेपाल लेख   २०८१ जेष्ठ २८, सोमबार १८:४३

निजगढ,बाराको निजगढ नगरपालिका वडा नं.५ स्थित श्री जनजागृती आधारभुत विद्यालयलाई श्री साथी नेपालद्धारा पङ्खा सहयोग प्राप्त भएको छ ।

श्री साथी नेपालका अध्यक्ष सरिता सापकोटाको अध्यक्षतामा ८ थान सिलिङ र २ थान वाल पङ्खा गरि १० थान पङ्खा सहयोग गरिएको हो ।

वडा नं. ५ का वडा अध्यक्ष सुर्य बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा बिद्यालय ब्यवस्थापनक समितिका पदाधिकारी एवम् ,न्यु जनजागृति क्लबका अध्यक्ष विजय तिमल्सिनाको रोहवरमा पंखा वितरण गरिएको थियो ।

यो अत्यधिक गर्मीलाई मध्यनजर गर्दै बिद्यालयको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुराई पंखा वितरण गरेकोमा बिद्यालयका सहायक प्र.अ. सन्जय तिमल्सिनाले खुसी ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?