अफ निजगढको आयोजनामा भोली शनिवार प्रि होली कन्सर्ट हुने

                     
  नेपाल लेख   २०८० चैत्र २, शुक्रबार २२:२१

निजगढ,युथ अफ निजगढको आयोजनामा भोली शनिवार सांगीतिक कार्यक्रम प्रि होली कन्सर्ट हुने भएको छ । निजगढ ७ स्थित निजगढ पार्टी प्यालेस एण्ड सेमिनार हलमा हुने सो कार्यक्रममा चर्चित गायक उदय स्वताङ्ग र मनिला स्वताङ्ग लगायत राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुले प्रस्तुती दिने युथ अफ निजगढका अध्यक्ष कमल बजगाईले जानकारी दिनुभयो । त्यसैगरी क्लबले आज बिहान ब्लड डोनेशन कार्यक्रमको पनि आयोजना गर्न लागेको छ । निजगढस्थित शहिद चोकमा हुने सो रक्तदानमा भरतपुर अस्पतालको प्राविधिक टोलीले सहयोग गर्ने अध्यक्ष बजगाईले जानकारी दिनुभयो । निजगढका सक्रिय युवाहरुको संगठन युथ अफ निजगढले हरेक वर्ष होली पर्वको पूर्वसन्ध्यामा निजगढमा सांगितिकसहित विभिन्न कार्यक्रमको आयोजना गर्दैआएको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?