श्री कृष्ण प्रणामी मन्दिरले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जनाव्दारा रगतदान, भोली दन्त शिविर आयोजना गरिदै

                     
  नेपाल लेख   २०८० चैत्र २, शुक्रबार २२:१९

निजगढ,निजगढ नगरपालिका ६ सडकटोलस्थित श्री कृष्ण प्रणामी मन्दिरले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन । मन्दिर स्थापनाको ३१ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पञ्चदिवसीय कार्यक्रम अन्तर्गत शुक्रवार भएको रक्तदान कार्यक्रममा ११ जना महिलासहित ५३ जनाले रगत दान गरेका हुन । बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले मन्दिर संचालक समितिका सदस्य एवंम बार्षिकोत्सव कार्यक्रम स्वास्थ्य समिति संयोजक केशव सापकोटालाई किट हस्तान्तरण गरेर कार्यक्रमको उद्धाटन गर्नुभएको थियो । रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र हेटौडाका प्राविधिक टोलीले सहयोग गरेको थियो ।

त्यसैगरी सोही कार्यक्रम अन्तर्गत भोली शुनिवार बिहान मन्दिर परिसरमा दन्त जाँच तथा उपचार शिविरको आयोजना गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाले जानकारी दिनुभयो । महायज्ञमा विदुषी उषा घिमिरे साहित्यचार्य जनार्दन महाराज र धर्म प्रचारक श्यामदास कुंवरलगायत अन्य पण्डितहरुले श्रीकृष्ण कथा बाचन गरिरहनुभएको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?