निजगढ,माछापुच्छ्रे बैंकको निजगढ शाखाले निजगढ सामुदायिक अस्पताल प्रसुति गृहलाई १ थान सिसिटिभी हस्तान्तरण गरेको छ ।
बैंकले अस्पतालमा सोमवार आयोजित एक कार्यक्रमबीच निजगढ सामुदायिक अस्पतालका अध्यक्ष माधव न्यौपानेलगायत समितिका पदारिकारीहरुलाई सो सिसिटिभी हस्तान्तरण गरेको हो ।
सिसिटिभी हस्तान्तरण कार्यक्रममा बैकको प्रदेश प्रमुख ईन्दुशेखर देवकोटा, निजगढ शाखाका प्रमुख प्रवेश तिमल्सिना, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, अस्पतालका चिकित्सक सतिष निरौला, अस्पताल संचालक समितिका पदाधिकारीहरु र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै कार्यक्रम अन्तर्गत अस्पताललाई सो सिसिटिभी सहयोग गरेको र आगामी दिनमा पनि यस्ता कार्यहरु गर्ने निजगढ शाखाका प्रमुख प्रवेश तिमल्सिनाले बताउनुभएको छ ।