रोहित वर्कशप (लेथमा) संकास्पद बस्तु विस्फोट हुँदा घाईते ५ जनाको अवस्था गम्भीर

                     
  नेपाल लेख   २०८० फाल्गुन १४, सोमबार १४:३५

बाराको निजगढ नगरपालिका–७ स्थित रोहित वर्कशप (लेथ) मा आईतबार मध्याह्न करिब ११ः३० बजे शंकास्पद बस्तु विस्फोट हुँदा ५ जना गम्भीर घाइते भएका छन् ।

निजगढ नगरपालिका ७ का रेशम दर्लामी मगरले संचालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेको अवस्थामा शंकास्पद वस्तुलाई ग्यासको माध्यमबाट काट्न खोज्दा एक्कासि विस्फोट भएको प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले बताउनुभयो ।

विस्फोटबाट ५ जनाकै अवस्था गम्भीर रहेको जसमा निजगढ नगरपालिका ७ बस्ने वर्कशप संचालक ४२ वर्षीय रेशम बहादुर दर्लामी मगर, भारत घर भएका २० वर्षीय अरविन शाह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र ठेगाना नखुलेको २० वर्षीय रितु रजत रहेका छन् । भने निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सुर्य बहादुर थापाको अवस्था सामान्य रहेका छन् ।

घाईते ५ जनाको अवस्था गम्भीर रहेको हुँदा विरंगज स्थित बयोध्या अस्पतालमा लगिएको छ भने १ जनाको सामुदायिक अस्पताल निजगढमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?