१ हजार दरको २ थान नक्कली नोटसहित निजगढ हाट बजारबाट १ जना पक्राउ

                     
  नेपाल लेख   २०८० फाल्गुन ११, शुक्रबार ११:०४

निजगढ,निजगढ प्रहरीले नक्कली नोटसहित निजगढ हाट बजारबाट एकजनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित हाट बजारमा नक्कली नोट दिएर सामान खरिद बिक्री गर्ने जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर २ दौरवा टोल बस्ने वर्ष ३४ का दिपेन्द्र माझीलाई बुधवार बिहान ८ बजे पक्राउ गरेको हो । पसलमा एक हजार दरका नेपाली नक्कली नोट दिएर सामान खरिद गर्दैगरेको अवस्थामा माझीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रहरीले माझीको साथबाट एक हजार दरका २ थान नक्कली नोटसमेत बरामद गरेको छ । मुद्रा सम्बन्धि कसुर मुद्दा दर्ता गरीसम्मानित बारा जिल्ला अदालत कलैयाबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?