कृपा दैनिकको २१ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न, तिन जना पत्रकार पुरस्कृत

                     
  नेपाल लेख   २०८० फाल्गुन ६, आईतवार २१:४४

निजगढ,बारा जिल्लाकै सबैभन्दा पहिलो दैनिक पत्रिको रुपमा रहेको कृपाले शनिवार एक बिशेष कार्यक्रमको आयोजना गरी २१ औं बार्षिकोत्सव मनाएको छ । कृपा दैनिक पत्रिकाले निजगढ नगरपालिका ८ स्थित उघोग बाणिज्य संघको सभा हलमा प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आथित्यतामा २१ औं बार्षिकोत्सव मनाएको हो । सो अवसरमा उमादेवी स्मृति कृयाशिल पत्रकारिता पुरस्कार र कार्यकारी सम्पादक कृष्णउदास खनालका पिता चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट तीनजना पत्रकारलाई पुरस्कृत गरिएको छ । उमादेवी स्मृतिपत्रकारिता पुरस्कार रौतहटका पत्रकार फणी महत र सर्लाहीका पत्रकार ओम प्रकाश ठाकुरलाई प्रदान गरिएको छ । सो पुरस्कारको नगद राशी २५ हजार रुपैयाँ रहेको छ । त्यसैगरी चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार बाराकी पत्रकार शारदा पोखरेललाई प्रदान गरिएको छ । यस पुरस्कारको नगद राशी १० हजार रुपैयाँ रहेको छ । त्यसैगरी सोही अवसरमा सञ्चार माध्यमको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने कृपा दैनिकका सम्बाददाता पुष्पराज खतिवडा र पुर्वकार्यकारी सम्पादक राकेश पाण्डेलाई सम्मान गरिएको छ । कार्यक्रममा बारा क्षेत्र नं. १ का सांसद अच्युत मैनाली, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, कृपा दैनिकका संस्थापक सम्पादक कमलकुमार उपाध्याय, सम्पादक गोकुलप्रसाद घोरसाईनेले नगद राशी सहित पत्रकारलाई पुरस्कृत गरेका थिए । पत्रकार ठाकुरले भने आफूले पाएको २५ हजार नगद स्वास्थ्य समस्याका कारण उपचार गराईरहेका पत्रकार महतलाई हन्तान्तरण गर्नुभएको थियो । योगदानको चर्चा गर्नुभएको थियो । यसैगरी नगर प्रमुख पुरीले व्यवस्था परिवर्तनकालागि संचार क्षेत्रको खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोबिन्द चौलागाईं, प्रेस संगठनका केन्द्रीय सदस्य जीतलाल श्रेष्ठ, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष सन्तोष दंगाल, राप्रपा नेपालका नगर कमिटी अध्यक्ष खड्कप्रसाद उप्रेती लगायतले शुभकामना मन्तब्य राखेका थिए । सम्पादक घोरसाईनेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक सम्पादक उपाध्यायले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यकारी सम्पादक कृष्णउदास खनालले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?