
सिमरा,बाराको सिमरा अवस्थित एकता स्कुलका बिद्यार्थीहरुले चिया महोत्सवको आयोजना गरेका छन् । जसमा बिद्यार्थीहरुले चिया महोत्सवको आयोजना गरि अर्थतन्त्र, लेखा र ब्यापारमा ज्ञान बोधिहरु सिकाएको छ ।
महोत्सवमा बिद्यार्थीले चिया बेच्ने अलावा नभई किताबी ज्ञानलाई पनि ब्यावसायिक परिचयमा समेत परिणत गर्ने माध्यम पनि प्रदान गरेका छन् । सक्रिय भूमिकामा रहेका बिद्यार्थीहरुले यो कार्यक्रममा प्रदर्शन गरेका हुन् । जसले उनीहरुको शैक्षिक बुझाइलाई वास्तविक जीवन स्थितीहरुमा परिमामशील बनाएका छन् ।
महोत्सवमा उनीहरुले २ हजार ८ सय ५० रुपैयाको मुनाफा र ५ हजार ७ सय पचास रुपैयाको कमाई गरेको छ भने उनीहरुले २ हजार ९ सय रुपैयाको लगानी गरेका थिए । यी आर्थिक लाभहरुलाई वित्त प्रबन्धन, लाभ हानी अनुसन्धान र खाता सन्तुलन बुझाउनको लागी लक्षित गरिएको थियो ।
बिद्यालयका संचालक दिवश न्यौपाने भने, “यो जीवन उपयोगी शिक्षा हो” भनेर जनाएका थिए । महोत्सवपछि, बिद्यार्थीहरुले लाभ हानी खाता, सन्तुलन पत्र, र विभिन्न क्षेत्रहरुमा लगानीका लागी लाभ हानी अनुसन्धान, लेन्स कीटहरु बनाउने जस्ता कार्यक्रमहरुमा सक्रिय भूमिका निभाएका छन् । बिद्यालयले बिद्यार्थीहरुलाई पैसा कमाउन, बुद्धि मत्तासहित लगानी गर्ने, र ब्यवसायिक योजनाहरुमा लाभ प्राप्त गर्न कसरी मार्गदर्शन गर्ने ब्यावहारिक कामले सिकेका छन् ।