गौरीशंकर माविको स्वर्ण जयन्तीमा सभामुख देवराज घिमिरे आउने

                     
  नेपाल लेख   २०८० माघ २, मंगलवार २१:२९

बाराको निजगढ नगरपालिका–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको स्वर्ण जयन्तीमा प्रतिनिधि सभाका सभामुख सम्माननीय देवराज घिमिरे आउने भएका छन ।

गौरीशंकर माध्यमिक विद्यालयका पूर्व विद्यार्थी तथा बाराका क्षेत्र नम्बर-१ का प्रतिनिधि सभा सदस्य अच्युत प्रसाद मैनालीका स्वकिय सचिव दामोदर मैनालीले आज सभामुख घिमिरेलाई विद्यालयको तर्फबाट प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको पत्र दिदै आउने पक्का गरेका हुन ।

वि.स.२०३१ सालमा स्थापना भएको विद्यालयले यही माघ १० गते स्वर्ण जयन्ती मनाउँदैछ । स्थानिय समाजसेवी, चन्दादाता, जग्गादाताहरुको सहयोगमा निमार्ण भएको यस विद्यालयमा हाल करिब २३ सय विद्यार्थी अध्ययन गरिहेका छन ।

गौरीशंकर नगरको पहिलो प्राविधिक शिक्षालय हो । यस विद्यालय बारा जिल्लामा मात्रै नभई मधेश प्रदेशमै उत्कृष्ट विद्यालयको रुपमा परिचय बनाउन सफल भएको यस विद्यालयले स्वर्ण महोत्सवको अवसरमा स्वर्ण महोत्सव स्मारिका २०८० प्रकाशन गर्ने जनाएको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?