
निजगढ,बाराको निजगढ नगरपालिका ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिद्यालयको पोशाक हस्तान्तरण गरेको छ । निजगढ नगरपालिका ९ स्थित जनज्योती आधारभुत बिद्यालयको अभिभावक भेलाको अवसरमा सहकारी सस्थाले बिद्यालयमा अध्ययनरत गर्ने बिद्यार्थी बालबालिकाहरुलाई पोशाक वितरण गरेको हो ।
कार्यक्रममा बिद्यालय ब्यवस्थापक समितिका अध्यक्ष शंकर थोकर, सदस्य सन्जिव बडाल वडा अध्यक्ष रामचन्द्र कटुवाल, वडा सदस्य, बबिता श्रेष्ठ, र संस्थाका सहब्यवस्थापक बिमल अधिकारी, संचालक सदस्य सुदिप तिमल्सिना र मञ्जु कार्की लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष कटुवालले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष थोकर र सहकारीका संस्थाका सह ब्यवस्थापक अधिकारी लगायतले बोल्नुभएको थियो ।