रौतहटकी महिला अधिकारकर्मी पुजा पाठक तिमल्सिना भन्ने रेखा पाठकले ठगि धन्दा चलाएको खुलेको छ ।
मेची महाकाली बुहारी संयुक्त आवाजले सार्वजनिक सूचना निकालेर पदबाट बरखास्त गरेपछि ठगिको घटना बाहिर आएको हो ।
उनले महिलाहरुलाई आजिवन सदस्य बनाउन उठाएको शुल्कको हिसाब किताब गोलमाल पारेकी छिन् ।
त्यसैगरि संस्थाको दुरुपयोग गरेर विधान विपरित विभिन्न व्यक्तिलाई चेक काटेर आर्थिक हिनामिना गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
संस्थाले पटक–पटक छलफल गरेको र रकम फिर्ता गर्ने सहमति जनाएपनि रकम नबुझाएपछि केन्द्रिीय कार्यसमितिको बैठकले पदबाट बरखास्त गरिएको भन्दै अध्यक्ष चन्द्रकला काफ्लेले सूचना निकालिए जनाएकी छिन् ।
सार्वजनिक सूचनामा निजसँग कुनै संस्थागत आर्थिक कारोबार नगर्नु, नगराउनु हुन सम्बन्धि सबैको जानकारीको लागि सूचना गरिएको उल्लेख छ ।
पीडितहरुले उनी विरुद्ध मुद्दा दायर गर्ने तयारी गरेका छन् ।
रकम हिनामिना गरेपछि संस्थाले छानविन थालेपछि पाठक अर्को संस्थामा आवद्ध भएर सक्रिय भएकी छिन् । स्वयम् सेवक नेपाल स्वयंसेवक संघको मधेश प्रदेश अध्यक्ष बनेकी छिन् ।