बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको निबर्तमान नगर प्रमुख डा.कृष्ण पौडेल आज आफनै घरमा मृत फेला पर्नुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित घरमा कोही नभएको समयमा पौडेल मृत फेला पर्नुभएको हो । घट्ना स्थालमा अहिले प्रहरी पुगेको छ ।डा. पौडेल नेकपा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट टिकट लिई उहाँ निर्वाचित हुनुभएको थियो ।उहाँ हालमा नेकपा एमालेको मधेस प्रदेश सचिव हुनुहुन्थ्यो । सहकारीमा बिद्याबारिधि गर्नुभएका पौडेल सरल ,सालिन र ईमान्दार ब्यक्तित्व हुनुहुन्थ्यो । डा.पौडेलको मृत्यु खबर बाहिर आएपछि उहाँको घरमा हेर्न जाने मानिसको मेला सरह भिड लागेको छ ।
यता पुर्ब प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पि. शर्मा ओलिले समाजिक सञ्जालमा एक स्टाटस लेख्दै दिवंगत डा. पौडेलप्रती भावपुणर् श्रद्धान्जली अर्पण गर्नुभएको छ । शोकाकुल परिवारजनमा गहिरो संबेदना ब्यक्त गर्नुभएको छ ।