इजरायलमा ज्यान गुमाएका बिद्यार्थीको सम्झनामा निजगढमा दिप प्रज्वलन

                     
  नेपाल लेख   २०८० आश्विन २३, मंगलवार २१:०३

निजगढ, इस्लामिस्ट समुह हमासले इजरायलमा गरेको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा मंगलवार साँझ निजगढका छुट्टाछुट्टै दुई संस्थाको तर्फबाट दीप प्रज्वलन गरिएको छ ।

अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन निजगढ नगर कमिटी र युथ अफ निजगढले छुट्टाछुट्टै स्थानमा दिप प्रज्वलन गरेको हो । अनेरास्ववियुले ईलाका कार्यालय निजगढको भवन अगाडी र थुथ अफ निजगढले शहिद चोकमा दीप प्रज्वलन गरेको थियो ।

अनेरास्ववियुले आयोजना गरेको दीप प्रज्वलनमा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले नेपालमा पनि धर्मको नाममा अतिवातको प्रयास भईरहेकोले यसको प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।

शोक सभामा इजरायल र गाजामा शान्तिको कामना गदै सहभागीताहरुले मौन धारण समेत गरेका थिए ।

दीप प्रज्वलन कार्यक्रममा नेपाल सरकारले इजरालयमा रहेका नेपाली बिद्यार्थीहरुलाई नेपाल फिर्ता ल्याउन पहलमा कन्चुस्यारी गरेकोमा दुखद प्रकट गरेको र सरकारको ध्यान पनि जाओस भन्दै ध्यानाकर्षण गराएको अनेरास्ववियु निजगढ नगर अध्यक्ष विवश तिमल्सिनाले बताएका छन् ।

दीप प्रज्वलन कार्यक्रममा निजगढका विभिन्न राजनीति दलका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।

हमासले शनिवार गरेको आक्रमणमा परी इजरायल गएका सुदुरपश्चिम विश्वबिद्यालय अध्ययनरत १० जना बिद्यार्थीको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?