गौ हत्या तथा धार्मिक हस्तक्षेपको विरुद्ध निजगढमा पनि बृहत शान्ती पदयात्रा जारी

                     
  नेपाल लेख   २०८० भाद्र १२, मंगलवार २१:०३

निजगढ, बाराको निजगढमा मंगलवार गौ हत्या तथा धार्मिक हस्तक्षेप विरुद्ध बृहत शान्ती पदयात्रा निकालिएको छ । सनानत धर्म मुल समारोह समिति र सत्सङ्ग एकादशी समुहहरुको आयोजनमा र्याली निकालिएको हो ।

पदयात्रामा हिन्दु हत्या बन्द गर, सामाजिक सद्भाव कायम गर, गौ हत्यारालाई कारर्वाही गर, नालायक सरकार राजीनामा दे लगायत जस्ता नारा लेखिएको प्पेट कार्ड लिई सडकमा पदयात्राका लागी उत्रिएका थिए ।

निजगढका चर्चित पन्डित सुर्दशन चालिसेले नेपाल हिन्दुहरुको बहुमूल्य देश भएको भन्दै गौ हत्या गर्नेलाई प्रशासनले अविलम्बन पक्राउ गरेर कार्वाही गर्न माग समेत राखेका थिए । उनले आफुहरुको आस्था माथि खेलवाड गर्नेलाई नछाड्ने समेत चेतवानी दिए ।

त्यसैगरि गौ हत्या काण्ड बिरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढले पनि एक विज्ञप्ती जारी गदै विरुद्धमा एक्यवद्धता जनाएको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?