निजगढ, बाराको जिल्ला भुमि अधिकार मञ्जको पाँचौ अधिवेशन सम्पन्न भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ मा सोमबार सम्पन्न भएको अधिवेशनबाट १३ सदस्यीय चयन गरिएको हो ।
जिल्ला भुमि अधिकार मञ्ज बाराका अध्यक्ष टिका बहादुर अधिकारीको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सचिवालय सदस्य फौद्धसिंह स्याङ्गवो, बिशिष्ट अतिथि मधेश प्रदेश कमिटीका अध्यक्ष मदन वि.क र वडा अध्यक्ष हरिदेव खरेल र अतिथिहरुमा वडा सदस्य प्रेम बहादुर गोले, हेम बहादुर तुर्मा मगर, सोममाया रिमाल र बारा जिल्ला संरक्षक रमेश प्रसाद सापकोटा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य देवी आले मगरले दिनुभएको थियो भने, कार्यक्रम संचालन सन्त बहादुर सुनारले गर्नुभएको थियो ।