श्रीकृष्ण प्रणामी मन्दिर सडकटोलका स्वम्सेवकहरुद्धारा विरुवा गोडमेल तथा सरसफाइ कार्यक्रम सम्पन्न

                     
  नेपाल लेख   २०८० श्रावण २५, बिहीबार २०:२३

निजगढ, निजगढ नगरपालिका वडा नम्बर ९ स्थित सहिद हिरालाल रंगशालामा बुधवार बिरुवा गोडमेल तथा सरसफाइ गरिएको छ । सहिद हिरालाल रंगशाला व्यवस्थापन समितिका अध्यक्ष जगत बहादुर न्यौपाने (गोकुल) को पहल र निजगढ ६ का प्रकाश प्रसाद सापकोटाको समन्वय तथा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल निजगढ ६ का अध्यक्ष मोहन सापकोटाको अग्रसरतामा बिरुवाको गोडमेलसंगै रंगशाला परिसरको सरसफाइ गरिएको हो ।

हरित रंगशालाको रुपमा स्थापित गर्ने उद्देश्यका साथ विभिन्न संघसंस्थाले यसअघि रोपेका बिरुवाहरुको गोडमेलसंगै रंगशाला परिसरमा सरसफाइ गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो । खेल मैदानको वातावरण हरियाली र स्वच्छ तुल्याउन बिरुवा गोडमेल तथा सरसफाई कार्यक्रम गरिएको रंगशालाका अध्यक्ष न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?