निजगढ, निजगढ नगरपालिका वडा नं.६ स्थित श्री कृष्ण प्रणामी मन्दिर सडकटोलको आयोजनामा एक महिने श्रीमत वितक कथा तथा कृष्ण कथाको आरम्भ गरिने भएको छ ।
स्थानीय ६ निवासी ईश्वर सापकोटाले नेपाललेख डटकमलाई दिनुभएको जानकारी अनुसार यही साउन २० गतेदेखि श्री कृष्ण प्राकट्य महोत्सवसम्म धर्म प्रचारक श्री पुरुषोत्तम खतिवडाज्यूको मुखरा विन्दुबाट कार्यक्रमको आयोजना हुन गई रहेको बताएका छन् ।
संगीतमय कथा प्रवचन सुनी धार्मिक लाभ लिनु हुन श्री कृष्ण मन्दिर सेवा समितिको आदेश अनुसार सापकोटाले सम्पूर्ण निजगढवासी तथा धर्म प्रेमी तथा भक्तजनहरु माझ उपस्थितीका लागी आमन्त्रण समेत गर्नुभएको छ ।