निजगढ, निजगढ नगरपालिका–१ स्थित धन्सार पुल नजिकैको जंगलमा बेबारिसे अवस्थामा मंगलवार बिहान भेटेका करिब ३–४ महिनाको शिशुका आमा सम्पर्कमा आएका छन् ।
आमालाई शिशु फेला परेको स्थानको वरपर खोजतलास गर्दा पूर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत धन्सार जंगलमा फेला बेवारिसे अवस्थामा फेला पारेको थियो ।
प्रहरी निरिक्षक घनश्याम श्रेष्ठका अनुसार शिशु र आमालाई भारतबाट ल्याई निजगढको जंगलमा छोडि दिएको हुनसक्ने आशंका रहेको बताउनुभयो ।
बेवारिसे अवस्थामा भेटेका दुबै आमा र शिशुलाई आफन्तको खोजी गरि जिम्मा लगाउने कार्य भई रहेको प्रहरी श्रेष्ठले बताए ।
शिशु अहिले कलैया प्रादेशिक अस्पताल कलैयाको निगरानीमा राखिएको छ ।